साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बन्धक बनाइएको होइन, बेहोस भएर अस्पताल गएको हुँ : सांसद शाही

पोखरा । बाग्लुङका सांसद खेमविक्रम शाहीले आफुलाई कसैले बन्धक नबनाएको र आफू बिरामी भएका कारण अस्पताल गएको प्रष्टोक्ति दिनुभएको छ  । 

गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदानको संघारमा सक्पर्क विहिन बन्नुभएका साहीले आज एक विज्ञप्ती मार्फत आफ्ना विरुद्घ अनर्गन प्रचार गरिएको प्रति खेद जनाउनुभएको हो । 
 बिहीबार एक विज्ञप्ति जारी गर्दै शाहीले सदनमा जाने भनि तयारी गरिरहेका बेला अचानक बिरामी भएकाले अस्पताल गएको बताउनुभएको छ ।

‘सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएँछु,’ शाहीको भनाइ छ, ‘म अहिले उपचाररत छु। हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भए पछि मेरो बारेमा उठेका कयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु।’

शाहीले आफूबारे विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालमा आएका खबरका आधारमा धारणा नबनाउन आग्रह गर्नुभएको छ  । ‘अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरि दिनु हुन म सम्पूर्ण दाजुभाई दिदीबहिनी र मेरा शुभचिन्तकहरूमा प्रष्ट पार्न चाहान्छु,’ उहाँको  भनाइ छ । 

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ३ : १२ बजे