‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

दर्ता भएन माधवको पार्टी, चुनाव चिन्ह जुध्यो

काठमाडौँ ।  माधवकुमार नेपाल समूहले अन्तत : नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पठाएको छ ।

आयोगले भने कानूनी प्रावधान हेरेर बिहीबार मात्रै दर्ता गर्ने जनाएको छ । 

माधव निकट नेता मेटमणि चौधरीका अनुसार विभाजित पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । साथै चुनाव चिन्ह खुला किताब राखिएको छ । नेपाल समूहकै रुपमा चिनिएका कतिपय नेताहरु भने नयाँ दल बनाउने सन्दर्भमा अझै खुलेका छैनन् । भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत दोस्रो तहका नेताहरुलेपार्टी विभाजन स्विकार गर्न नसकिने बताउँदै आइरहनुभएको छ । 

आयोगमा पठाइएको माधव पक्षको पार्टीको चुनाव चिन्ह समेत जुधेको छ । खुला किताब नेपाल उन्नत लोकतान्त्रिक पार्टीको चुनाव चिन्हसँग मिलेको आयोग निकट स्रोतले बतायो ।  चुनाव चिन्ह जुधेकै कारण पनि माधव नेपालले चाहेको पार्टी आज दर्ता हुन नसकेको हो ।  ।  

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ४ : ३१ बजे