‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अध्यादेश जारी भएपछि एमालेको नामबाट माधवको अन्तिम केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल समूहलाई सहज हुने गरी सरकारले दल बिभाजनको अध्यादेश जारी गराएपछि एमाले नाममा माधवकुमार नेपाल समूहले अन्तिम बैठक बोलाएको छ । आफूहरुलाई सहज हुनेगरि प्रधानमन्त्री देउवाले अध्यादेश ल्याईदिएपछि नयाँ पार्टी गठनलगायतका विषयमा छलफल गर्न नयाँ बानेश्वरस्थित एक होटलमा छलफल सुरु भएको हो ।

बैठक बसेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न जाने योजना माधव, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बनाउनुभएको एक नेताले चक्रपथलाई बताउनुभयो । अन्तिम पटक केन्द्रीय कमिटी बैठक बसेपछि सो बैठकले नयाँ पार्टी गठन गर्ने निर्णय हुने बताइएको छ । सो बैठकमा वामदेव गौतमलाई पनि उपस्थित गराउन प्रयास भइरहेको छ । सांसद् पदमा रहनुभएकी वामदेव पत्नी तुलसा थापाले माधव नेपालको पक्षमा हिजो हस्ताक्षर गर्नुभएको बताइएको छ । 

नेपाल  समूहमा रहनुभएका भीम रावल , अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे विभाजनको विपक्षमा रहेको बुझिएको छ । माधव समूहमा अन्य को को सहभागि होलान त्यसलाई चासोका रुपमा हेरिएको छ । 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १ : ४९ बजे