अविरल बर्षसँगै आएको बाढीले मेलम्चीका थप तीन घर बगायो

सिन्धुपाल्चोक ।  अविरल बर्षसँगै आएको बाढीले मेलम्चीका थप तीन घर बगाएको छ । 

 बाढीले मेलम्ची –६ नेपानेमा बाढीले थप तीन घर बगाएको हो । 

बाढीले गए राति स्थानीय  कृष्णबहादुर थापा, भोजबहादुर थापा र दिपेश थापाको घर बगाएको स्थानीय भिमसेन थापाले जानकारी दिनुभयो  । थप घरहरू र बाटो समेत जोखिममा रहेको उहाँले बताउनुभयो  ।

गए राति बगाएका यी  घर यसअघिको बाढीले जोखिममा रहेका घर रहेको र सामान र मानिस सारिसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी ,प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । 

​​​​​​​सिन्धुपाल्चोकमा गत साउन १६ पछिको बाढीले अहिलेसम्म १ सय ११ घर टहरा बगाएको छ ।

 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १० : ०३ बजे