‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

भीम रावलको प्रश्न– विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ?

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षाविपरीत भएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले उक्त अध्यादेश निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको बताउनुभएको हो ।

दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो । विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ? २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ? उहाँले लेख्नुभएको छ ।

​​​​​​​
​​​​​​​

 

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १० : १८ बजे