‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अध्यादेशको विरोधमा उभिए गोर्कण विष्ट,‘प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ, फिर्ता लिन बाध्य पारौँ’

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले शेरबहादुर देउवा नेतृत्वको सरकारले  ल्याएको अध्यादेश प्रतिगामी भएको बताउनुभएको छ ।

माधव पक्षका पूर्वमन्त्र पुर्वमन्त्री  विष्टले अध्यादेशप्रति रुष्ट  हुँदै पार्टी विभाजन गर्न लागेको प्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । एमाले एकताका लागि क्रियाशील माधव नेपाल पक्षका नेता विष्टले अध्यादेश ल्याउने कार्य खेदजनक रहेको र यसले दलहरूप्रति विकर्षण र वितृष्ण पैदा गर्ने बताउनुभएको हो । उहाँले सरकारको प्रतिगामी कदमको विरोध गर्न आव्हान गर्नुभएको छ ।
हेनुर्होस् विष्टको फेसबुक स्ट्याटस:

लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दुस्खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।
 

https://www.facebook.com/Gokarna.bistauml

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  २ : ४० बजे