‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राष्ट्रपति कार्यालय पुग्यो दल विभाजन सम्बन्धी अध्यादेश

काठमाडौं।  सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने  निर्णय  गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको हो । 

आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति कहाँ सिफारिश गर्ने निर्णय गरेको हो । 

 ल्याएको उक्त अध्यादेश राष्ट्रपति कार्यालयमा पठाईएको बालुवाटार स्रोतले चक्रपथलाई बताएको छ ।

अध्यादेश सम्बन्धी मन्त्रीपरिषद्को निर्णय लिएर प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यलय पुग्नुभएको छ । मन्त्रिपरिषद्ले ल्याएको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि मात्र कार्यान्व्यनमा आउने छ ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  २ : ०१ बजे