‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बागमती प्रदेशको प्रदेशसभा बैठक आज

बागमती । बागमती प्रदेशको चालु वर्ष २०७८र७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ। बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए। यसैगरी उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका छन्। प्रदेशको चालु वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलोपटक प्रदेशसभा बैठक बस्न लागेको हो। 

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १२ : ३२ बजे