काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज झा लाई पदमुक्त गर्दै उहाँको स्थानमा हरिशंकर मिश्रलाई नियुक्त गर्नुभएको छ।
मन्त्रिपरिषदको सोमबारको बैठकले अहिराजलाई हटाएर मिश्रलाई प्रदेश २ को नयाँ प्रदेश प्रमुखका रुपमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
सरकारको सिफारिस बमोजिम अहिराजलाई हटाएर नयाँ प्रदेश प्रमुखमा मिश्रलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार १२ : १८ बजे
प्रतिक्रिया