साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सांसद शाहीको विषयमा छानबिन गर्न समिति गठन,गण्डकीका सभामुख नेत्रनाथ अधिकारीको चौतर्फी आलोचना

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको घटनाबारे छानविन गर्न राष्ट्रिय जनमोर्चाले छानविन समिति गठन गरेको छ ।जनमोर्चाले महासचिव मनोज भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । अविश्वास प्रस्तावको मतदानको दिन बुधबार अचानक फोन अफ गरेर सम्पर्क विहिन भएका शाही बिरामी अवस्थामा अस्पतालमा छेटिनुभएको थियो । 

ण्ण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ विरुद्घको अविस्वास प्रस्तावमा मतदान हुने  समयमा शाही सम्पर्कविहीन भएको भन्दै जनामोर्चाकै सांसद पियारी थापाको निवेदनका आधारमा गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो  ।
अविस्वासको प्रतावमा असफल हुने पक्का पक्की भएसँगै एक सांसद अनुपस्थितभएको निहुामा संसद बैठक अनिश्चितकालका लागि रोक्ने सभामुख नेत्रनाथ अधिकारीको यत्तिखेर यचिौतर्फीआलोचना भइरहेको छ । 

 शाही विरामी भएर उहाँकै भाइले अस्पताल पुराएको र चरक अस्पतालको स्विट रुम ६१५ मा भर्ना भएको तथ्य खुलिसकेको छ।

उहाँलाई कोभिड पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । बिहिबार जनमोर्चाका नेताहरुले  सांसद शाहीलाई भेटेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १ : ५२ बजे