‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रदेश–२ को प्रदेश प्रमुखमा मिश्र सिफारिस

काठमाडौँ– सरकारले  प्रदेश–२ को प्रदेश प्रमुख राजेश झालाई हटाएर उक्त्त पदमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता  हरिशंकर मिश्रलाई सिफारिस गरेको छ ।

राजनीतिमा सक्रिय नभएका मिश्रलाई उनको परिवारको योगदानको कदर गर्दै देउवा सरकारले उनलाई प्रदेश प्रमुखमा सिफारिस गरेको हो । मन्त्रिपरिषदको बैठकले नेता मिश्रलाई  प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ।

महोत्तरीको पिपरा गाउँपालिका बस्ने नेता मिश्र नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् भने उनी नेपाली कांग्रेसबाट २०४८ सालमा प्रतिनिधि सभामा सांसद थिए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  २ : १५ बजे