‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रतिबन्धित भारतीय नोट सहित १ जना पक्राउ

रौतहट – गौर नगरपालिका-५ मेनचौकबाट प्रतिबन्धित २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८ हजार भारतीय रुपैयाँ सहित भारत विहार दरभंगा कम्तौल बस्ने ४० वर्षीय सन्जित साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय नोट सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १ : ०८ बजे