‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अफगानिस्तानका नेपालीको उद्धार गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक अस्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराउँदै सरकार गम्भीर रहेको बताउनुभएको हो । ‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व  सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ,’प्रधानमन्त्रीले ट्वीट गर्दै भन्नुभएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ११ : ५९ बजे