‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काबुलको विमानस्थलमा कोलाहल, ६ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि देशवासीहरु आतंकित बनेका छन् । राजधानी काबुलबाट मानिसहरु भाग्ने सिलसिला तीव्र बनेको छ ।

काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कोलाहलपूर्ण अवस्था रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

धेरै मानिसहरु देश छोडेर जानका लागि विमानस्थलमा ओइरिएका छन् । तालिवानले विमानस्थलबाट बाहिर जानेहरुलाई अहिलेसम्म कुनै अवरोध गरेको छैन । अफगानिस्तानमा रहेका विदेशी नागरिकहरु पनि धमाधम स्वदेश फर्किरहेका छन् । विभिन्न देशहरुले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई जहाज चार्टर्ड गरेर पनि स्वदेश फर्काइरहेका छन् । नेपाल सरकारले भने भर्खरै नागरिकको उद्दारका लागि नाम संकलन गर्दैछ । 

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : ३३ बजे