दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

न्याय सेवाका ८६ जना कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौँ । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले उक्त सरुवा गरेको हो । 

बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव कृष्णजीवी घिमिरेलाई नायब महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ भने उक्त आयोगमा नायब महान्यायाधिवक्ता श्यामकुमार भट्टराईलाई सरुवा गरिएको छ ।

त्यस्तै उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज इजलासमा सरुवा गरेको छ ।  उक्त इजलासमा कार्यरत रजिस्ट्रार  ठगिन्द्र कट्टेललाई पाटनमा सरुवा गरिएको बताइएको छ ।

न्याय सेवाका ८६ जना कर्मचारीको सरुवा (सूचीसहित):​​​​​​​

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ८ : ४४ बजे