‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अफगानस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छोडे 

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पदबाट राजीनामा दिंदै देश छाडेका छन् । 
रोयटर्सका अनुसार तालिवानी विद्रोहीले राजधानी नियन्त्रण गरेर सत्ता आफ्नो हातमा लिन सक्ने चर्चाका बीच राष्ट्रपति घानीले देश छाडेर काजिकिस्तान पुगेका हुन्  । उपराष्ट्रपति अमरुल्ला सलेहले पनि मुलुक छाडेको बताइएको छ । 
रोयटर्सका अनुसार गृहमन्त्रीले राष्ट्रपति र उपराष्ट्रपतिले देश छोडेको जानकारी दिएका हुन् ।  घानीका निकट सहयोगीहरुले देश छाडेका छन्। 

काबुलस्थित पत्रकार बसिर अहमद ग्वाखले राष्ट्रपति घानीले राजीनामा दिएको जनाएका छन् । उनका अनुसार राजीनामको सक्कली पत्र कतारस्थित तालिवानलाई पठाइएको छ ।

यसअघि दिउँसो कार्यवाहक रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले राष्ट्रपतिले संकट समाधानको अधिकार राजनीतिक नेताहरुलई सुम्पेको बताएका थिए। 

अन्तर्राष्ट्रिय संचारमाध्यमसँग कुरा गर्दै तालिवानी प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आफूले वार्ता गरिरहेको बताएका छन् ।

दशदिनभित्रै तालिवानले प्रमुख सहर कब्जा गरेपछि राष्ट्रपति घानीलाई राजीनामा दिन तीव्र दबाब थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : २० बजे