साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रधानमन्त्री आइसोलसेनमा भनिएको प्रचार भ्रमपूर्ण : प्रधानमन्त्रीको सचिवालय

काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा बसेको भनेर गरिएको प्रचार निराधार भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका स्वकिय सचिव इन्द्र भण्डारीले सामाजिक सञ्जालमा प्रधानमन्त्री भेटघाटमा व्यस्त रहेको फोटो सार्वजनिक गदै सञ्चारमाध्यमले नियोजित रुपमा तथ्यहीन सूचना सम्प्रेषण गरेर भ्रम फैलाएको बताउनुभएको हो । एमालेका केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि कतिपयले प्रधानमन्त्री आइसोलेसनमा बसेको भन्दै समाचार सम्प्रेषण गरेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १२ : ३३ बजे