‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अर्थमन्त्रीको प्रतिवद्दता: शेयर बजार घटाउन र बिगार्न नदिने

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरुसँगको भेटमा शेयर बजार घटाउन र बिगार्न नदिने प्रतिवद्दता व्यक्त गरेका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले अर्थमन्त्री शर्मा सँगको भेटपछि उनको भनाइलाई उदृत गदैं भने 'केन्द्रीय बैंकले मार्जिन ल्यान्डिङमा कडाइ गर्न खोजेको थियो, तर त्यसमा कडाइ गर्न दिएनौं;  ढुक्क हुनुहोस शेयर बजार  घटाउन र बिगार्न दिँदैनौं।

रौनियारका अनुसार १२ करोड भन्दा बढी ऋण दिन नपाउने व्यवस्थाले बजारलाई खासै फरक नपार्ने, असर पार्ने काम गरे पनि  सच्चाउने प्रतिबद्धता पनि अर्थमन्त्रीले गरेको बताए ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति ल्याएपछि शेयर कारोबारको पहिलो दिन आइतबार नेप्से २४.८८ अंकले घटेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ०५ बजे