काबुल । तालिबानले काबुललाई चारैतिरबाट घेरेको बताएको छ । राजधानी काबुलको बाहिरी भागमा तालिबान लडाकूहरू आइपुगेपछि सरकारले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने तयारी गरेको छ ।
देशका कायममुकायम गृहमन्त्रीले एउटा भिडियोमा आएर संक्रमणकालीन सरकार बनाउनका लागि शान्तिपूर्ण सत्ता हस्तान्तरण गरिने बताउनुभयो । उक्त भिडियो स्थानीय टोलो टीभीले प्रसारण गरेको छ ।
उता तालिबानका प्रवक्ताले लडाकूहरुलाई उत्सवमा गोली हान्न नदिने बताएका छन् । उनले भने कि अफगान सेनाहरुलाई आफ्नो घर फर्कन अनुमति दिइने बताएका छन् ।
तालिबानले विमानस्थल र अस्पताल संचालन र आपतकालीन आपूर्ति जारी रहने बताएको छ । विदेशी नागरिकहरुलाई भनिएको छ कि यदि उनीहरु आफ्नो देश फर्कन चाहन्छन्, उनीहरु फर्कन सक्छन् र यदि उनीहरु अफगानिस्तानमा रहन चाहन्छन्, उनीहरुलाई तालिबानसंग आफ्नो उपस्थिति दर्ता गर्नु पर्नेछ ।
प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार ५ : २३ बजे
प्रतिक्रिया