रुपन्देही – ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका-८ बसडिलवा बस्ने ४० वर्षीय बलीराम थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बलीरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार ५ : ०८ बजे
प्रतिक्रिया