दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कैलालीमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु 

टीकापुर । कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 

प्रहरीका अनुसार सुपप्र००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १०ः०० बजे दुर्घटना भएको हो । 

दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १२ : ३६ बजे