‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

‘केपी ओलीसँग सकिदैन, आगामी निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायम राखौं’ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव अघि सार्नुभएको छ । केपी ओलीसँग एक्ला एक्लै जादा निर्वाचनमा पराजय भोग्नुपर्ने बताउँदै उहाँले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभएको हो । शनिबारदेखि काठमाडौँमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा आगामी निर्वाचनसम्म वर्तमान सत्तारुढ गठबन्धनलाई कायम राख्ने प्रस्ताव राख्नुभएको हो ।

आफ्नो प्रस्तावमा प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने समेत योजना अघि सार्नभएको छ । उहाँले ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने समेत बताउनुभयो ।

प्रचण्डले आफ्नो प्रतिवेदन मूल रुपमा ओलीलाई कसरी पराजित गर्ने भन्नेमै केन्द्रित छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : ४० बजे