काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म आयोजना हुने भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति भदौ २ गते रहेको छ भने निर्वाचन निर्देशिका बुझाउने मिति पनि भदौ २ गते नै तोकिएको छ ।
वडा अधिवेशन भदौ १८ र गाउँ नगरपालिको अधिवेशन भदौ २७ गतेका लागि तय भएको छ ।
त्यसैगरी प्रदेशको क र ख क्षेत्रको अधिवेशन असोज १ गते हुनेछ भने संघीय क्षेत्रको अधिवेशन असोज ५ गतेका लागि तय गरिएको छ ।
प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार ८ : २१ बजे
प्रतिक्रिया