साफ यू–१७ च्याम्पियनसिप आजदेखि

दुई हजार ६२४ मा सङ्क्रमण पुष्टि

काठमाडौं । वितेका २४ घण्टामा थप दुई हजार ६२४  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १३ हजार ५७३ परीक्षणमा सो सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म गरिएको पिसीआर परीक्षणमा सङ्क्रमितको सङ्ख्या सात लाख ३० हजार ४७९  पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ६४ हजार ६११ रहेको छ । आज एक हजार ३३० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म छ लाख ८० हजार ८१५ सङ्क्रमण मुक्त भएका छन् । 

हाल ३६ हजार दुई जना होम आइसोलेशन, दुई हजार ४०३ जना संस्थागत आइसोलेशन छन् । त्यसैगरी ७६० जना आइसियू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४०५ जना छ ।

थप २० को मृत्यु 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २५९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २० जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको  छ ।

उपत्यकामा ७९५ बढी सङ्क्रमित 

काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै काठमाडौँमा ५३५, ललितपुरमा १६४, भक्तपुरमा ९६ मा सङ्क्रमण पुष्टि भएको छ । 

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ६ : १९ बजे