‘नेशनल डे कन्सर्ट’ सम्पन्न

उद्योगपति राजेशकुमार अग्रवाल एमाले प्रवेश

काठमाडौं । उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गर्नुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज आयेजित एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीले स्वागत पश्चात पार्टीमा अग्रवालबाट राम्रो भुमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गर्नुभयो  ।  

भैरहवा निवास ४९ वर्षिय अग्रवाल अर्गाखाँची सिमेन्ट र श्री स्टिल प्रालीको महाप्रबन्धक समेत हुनुहुन्छ । लामो समय देखि उद्योग व्यवसायीको हितमा कार्यरत उहाँ हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुनुहुन्छ । आफू  यसअघि कुनै राजनीतिक दलसँग आवद्ध नभएका उहाँ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व दिइरहनुभएकाले पार्टी प्रवेश गरिएको बताउनुभयो । प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ’, उहाँले भन्नुभयो ।  

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ०३ बजे