‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

काठमााडौँ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुने भएको छ । 

मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा आजदेखि सुरु हुने केन्द्रको केन्द्रीय समितिको बैठकमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । 

त्यस्तै, माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

अध्यक्ष दाहालले वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन निर्देश गर्नुभएको छ । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजदेखि शुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने निर्णय भएको छ । 

बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वद्र्धनका विषयमा छलफल भएको थियो । 

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : ३६ बजे