‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमसीसी सम्झौता खारेज गर्न एमाले सांसद निरु पालको माग

काठमाडौं । नेकपा (एमाले) की सांसद निरुदेवी पालले अमेरिकी सहयोग एमससी खारेज गर्न माग गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बौल्दै सांसद पालले एमसिसी सम्झौता राष्ट्रघाती भएको र त्यसका कैयन प्रावधान असमान भएको भन्दै खारेज गर्न माग गर्नुभएको हो ।

एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै नेतृ पालले त्यसमा राष्ट्रिय सहमतिको आवश्यकता किन आइलाग्यो भन्दै प्रश्न गर्नुभएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ४ : ५१ बजे