साफ यू–१७ च्याम्पियनसिप आजदेखि

शिक्षकमाथि सरकारको दमन 

​​​​​​​काठमाडौँ । कोरोना खोपको माग गर्दै  प्रर्दशनमा उत्रिएका शिक्षाकमाथि सरकारले दमन गरेको छ।  शुक्रबार काठमाडौंमा प्रदर्शनमा उत्रिएका शिक्षहहरुमाथि सरकारले प्रहरी लगाएर दमन गरेको हो । प्रदर्शनरत केही शिक्षकलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

नेपाल शिक्षक महासंघको पूर्वनिर्धारित चौथो चरणको आजको कार्यक्रम सुरु नहुँदै प्रहरीले हस्तेक्षेप गरेरको हो । महासंघको चरणबद्ध आन्दोलन अनुसार आज बालुवाटारमा धर्ना दिन जाँदै गरेका शिक्षकलाई बाटैबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

काठमाडौं, भक्तपुर, ललितपुिर, काभ्रे, धादिङ, नुवाकोटका एक हजार शिक्षकको उपस्थितिमा बालुवाटारमा धर्ना दिन जाँदै गरेका तथा तयारी गरेर विद्यालयमा भेला  हुँदै गरेका  शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  शिक्षकलाई कार्यक्रम्का लागि तोकिएको ठाउँमा  पुग्नु अगावै बाटैबाट प्रहरीले हस्तक्षेपपूर्ण ढंगले नियन्त्रणमा लिएर महानगरीय ट्राफिक वृत्त हाँडीगाउँमा राखेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो ।​​​​​​​

नेपाल शिक्षक महासंघको पूर्व घोषित आन्दोलनको क्रममा टंगाल माध्यमिक विद्यालयमा भेला भएका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। उनीहरुलाई प्रहरीले विद्यालयभित्रै पसेर पक्राउ गरेको शिक्षक नेता यम।पि भुसालले बताउनुभयो ।

शिक्षकका माग सम्बोधन गर्नुको सट्टा निर्मतापूर्वक् ढंगले सरकारले दमन गरेको भन्दै आन्दोलनमा उपस्थित शिक्षकले उक्त हस्तक्षेपप्रति घोर भत्सर्ना ग रहेको महासंघका मकवानपुर सचिब टिका प्रसाद दाहालले बताए ।

पूर्व घोषित कार्यक्रम अनुसार शिक्षकहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए। विभिन्न ३४ वुँदे मागहरु राखी आन्दोलनमा रहेका शिक्षकहरुको चौथो चरणको अन्तिम कार्यक्रमको क्रममा प्रहरीले पक्राउ गरिएको नेपाल शिक्षक संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका भुसालले बताए। उनले शिक्षकहरुका मागहरु सम्बोधनका लागि प्रदर्शनको तयारीका क्रममा रहेका शिक्षकलाई विद्यालय हाताबाटै नियन्त्रणका लिनु निन्दनीय भएको बताउँदै करिब एकसय ५० शिक्षकलाई धरपकड जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ४ : ०६ बजे