‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

निर्वाचन हारेर अध्यक्षको पद खोज्नु गलत प्रवृत्ति : महासेठ

काठमाडौं । पुर्वमन्त्री एवं नेकपा एमालेका नेता रघुवीर महासेठले अध्यक्ष पद टीका लगाएर दिने पद नभएकोले चुनाव जितेरै आउनुपर्ने बताउनुभएको छ । निर्वाचनमा हारेर अध्यक्ष खोज्नु गलत भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो,–‘केपी ओलीले टीका लगाएर अध्यक्ष पद दिन मिल्दैन ।’ 

टेलिभिजनको एक कार्यक्रममा बोल्दै महासेठले,–‘आफ्नै घरमा आगो लगाएर विपक्षीलाई प्रधानमन्त्री बनाएको कुरा ईतिहासले नविर्सने बताउनुभयो ।’ 

उहाँले भन्नुभयो,–‘एउटा कम्युनिष्ट पार्टीको कार्यकर्ता बनाउन पन्ध्र बीस वर्ष लाग्छ तर पन्ध्र बीस वर्ष पछि आएर कसैको मति भ्रष्ट हुन्छ भने हाम्रो भन्नु केहि छैन ।’ एमालेबाट मन्त्री बन्न हतारो गरेकाहरुलाई व्यंग गर्दै उहाँले भन्नुभयो यदि कसैलाई बीस तल्लाबाट हाम नफाल भन्दा भन्दै फाल्छ भने उ बाँच्छ कि मर्छ ? उहाँको प्रश्न थियो । आगामी निर्वाचनमा बहुमतका साथ फेरी नेकपा एमाले सत्तामा पुग्ने ठोकुवा गर्दै केपी ओली र माधव नेपालको स्थान दोश्रो पुस्तका नेता कसैले ओगट्न नसक्ने बताउनुभयो । 

विशाल आचार्य
 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ३ : ५४ बजे