‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पुल हाउसमा जुवातास खेल्ने १० जना पक्राउ

भक्तपुर –  भक्तपुर नगरपालिका-७ भिमसेन स्थान जिङखेलस्थित सोही नगरपालिका-७ भेलुखेल बस्ने २९ वर्षीय सुजित देउलाको पुल हाउसमा तास खेलिरहेको अवस्थामा देउला लगायत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त पुल हाउसमा जुवातास खलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको  प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ८ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १२ : ४९ बजे