काठमाडौँ– नयाँ सिजन २०२१र२२ को इंग्लिस प्रिमियर लिग आजदेखि शुरु हुँदैछ ।
पहिलो दिन आज एक मात्र खेल हुनेछ । शनिबार भने सात खेल हुनेछन् । आज राति पौने १ बजे आर्सनल र बेन्टफोर्डले खेलेपछि नयाँ सिजनको प्रिमियर लिग शुरु हुनेछ ।
लिगको पहिलो खेल बेन्टफार्डको मैदानमा हुनेछ । यस खेलमा दुबै टोली सुखद् सुरुवात गर्ने दाउमा हुनेछन् । आर्सनल अघिल्लो सिजन आठौं स्थानमा सीमित बनेको थियो । उसले ३८ मध्ये १८ खेलमा जीत निकालेको थियो ।
प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १२ : २९ बजे
प्रतिक्रिया