‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र०७९ को मौद्रिक नीति आज सार्वजनिक गदैंछ । राष्ट्र बैंक व्यवस्थापन समितिको बिहीबार साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको छ । 

राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको भए पनि असार अन्तिम साता भएको सरकार परिवर्तनले मौद्रिक नीति पछि सरेको थियो । सरकार परिवर्तनसँगै नयाँ सरकारले यसअघिको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने र त्योभन्दा अगाडि अघिल्लो सरकारको मूल्याङ्कन गर्न अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्ने भएपछि गभर्नरले मौद्रिक नीति रोकेका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा  आर्थिक श्वेतपत्र पेश गरेपछि मौद्रक नीतिका लागि मार्गनिर्देशन भएको भन्दै राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ९ : ४१ बजे