जाजरकोट । कोभिड–१९ को नयाँँ भेरिएन्टसहितको सङ्क्रमण तीव्ररुपमा बढ्दै गइरहेको भन्दै सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि यही वैशाख १८ गते शनिबार राति १२ः०० बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, सर्वदलीय सर्वपक्षीय समन्वयात्मक बैठक र जिल्ला सुरक्षा समितिको बैठकलाई मध्यनजर गदै कोभिड–१९ को सङ्क्रमण फैलावटको साङ्गलो तोड्न, सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम र उपचारका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम वैशाख १८ गते राति १२ः०० बजेदेखि वैशाख २५ गते राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
बैंक तथा वित्तीय सेवा, सवारी साधन, पसल, व्यवसाय सञ्चालन र आवश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गर्ने गरी आदेश जारी गरिएको उल्लेख गरिएको छ ।
तरकारी, खाद्य, दूध र ग्यासका पसल भने बिहान ६ः०० बजे देखि ९ः०० बजेसम्म सञ्चालन गर्न दिइने उल्लेख छ । साथै एटीएम सेवा, औषधि पसल, एम्बुलेन्सलगायतका सेवा भने खुला हुने छन् ।
प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार ७ : ४६ बजे
प्रतिक्रिया