‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनी । लुम्बिनी प्रदेशमा माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएको थियो। गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ३ : ५८ बजे