दलित गाउँका पहिलो शिक्षक

पौडेल पक्षले महाधिवेशन भाँड्न खोजेको देउवा पक्ष  जिल्ला सभापतिहरुको आरोप

काठमाडौँ  । नेपाली कांग्रेसको संस्थापन पक्षीय जिल्ला नेताहरुले रामचन्द्र पौडेल पक्ष महाधिवेशन भाँड्न लागिपरेको आरोप लगाएका छन् ।
सभापति शेरबहादुर देउवा पक्षीय जिल्ला सभापतिहरूको बिहीबार बिहान ललितपुरमा  भेला गरी   नेता पौडेलमाथि यस्तो आरोप सहितको निष्कर्ष निकालेको हो ।

जिल्ला सभापतिहरुको बैठकले भित्रभित्रै गुटको भेला बोलाएर पौडेल पक्षले महाधिवेशन भाँड्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकालेको हो  । 

महाधिवेशन अन्योलमा परिरहेका बेला बिहीबार बिहान झण्डै दुई दर्जन बढी संस्थापन पक्षीय जिल्ला सभापतिहरुको बैठक बसेको थियो ।

कांग्रेसको १४औं अधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच तिक्तता बढ्न थालेको छ । यसअघि पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला सम्पन्न भइसकेको छ । पौडेल पक्षका जिल्ला सभापतिहरुले भने विशेष अधिवेशन बोलाउन सकिने भन्दै विकल्प पेश गरेका थिए । साथै उनीहरुले सभापतिलाई क्रियाशील सदस्यता विवादको वहानामा अधिवेशन गराउन नचाहेको आरोप लगाउँदैआएका छन् ।
 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ३ : ४७ बजे