दलित गाउँका पहिलो शिक्षक

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

धरान — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार छापा मारेको छ । 

प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौंको अनियमितता भएको सार्वजनिक भएपछि अख्तियारको टोली प्रतिष्ठानको कार्यालयमा पुगेको हो ।

अख्तियारको केन्द्रबाटै गएको एसएसपी टेक तामाङ नेतृत्वको टोली प्रतिष्ठानको कार्यालयमा पुगेर त्यहाँका केही कागजात लिएको हो । बीपी प्रतिष्ठानमा औषधि, उपकरण खरिद, भौतिक निर्माणलगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीको मिलेमतो गरी बजार मूल्यभन्दा बढी मूल्यमा खरिद गरेको र ठेक्का लगाएको सूचना बाहिर आएपछि अख्तियारको टोलीले प्रतिष्ठानमा छापा मारेको हो। प्रतिष्ठानमा नियम विपरित उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा.गुरु खनाल, रजिष्टार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साह र लेखा प्रमुख र खरिद शाखा प्रमुखको मिलेमतोमा प्रतिष्ठानमा करोडौं रकम हिनामिना गरेको उजुरीका आधारमा अख्तियारको टोलीले प्रतिष्ठानमा छापा मारेको हो। टोलीले प्रतिष्ठानको लेखा शाखा, खरिद शाखा, स्टोरलगायतका शाखामा गई आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ ।  

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १ : ५६ बजे