‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

करेन्ट लागेर सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली ।  यहाँ करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाँकेको नेपालगञ्ज निवासी अन्दाजी २३ वर्षीय विशाल चौधारीको करेन्ट लागेर मृत्यु भएको हो ।

कमलामाई नगरपालिका–८ करकरेस्थित जङ्गलमा विद्युत् बनाउन खम्बामा चढेका विशाललाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । 

काम गर्ने क्रममा करेन्ट लाग्दा विशाललाई करेन्टले विद्युत्को तारमा नै झुन्डाएको थियो ।

हाइटेन्सन लाइनको काम गर्ने कामदार रहेका विशालको घटनास्थलमा नै मृत्यु भएको र हाल शव परीक्षणका लागि सिन्धुली अस्पतालको शव गृहमा राखिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभयो । 

यस्तै उहाँसँगै काम गर्दै आएका सोही ठाउँ ठेगाना भएका अन्दाजी २४ वर्षीय मायाराम चौधरीलाई पनि करेन्ट लागेको छ । मायारामको अवस्था सामान्य नै रहेको छ ।
 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ६ : ५९ बजे