‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भारतले प्रक्षेपण गरेको उपग्रह हावामा विस्फोट

नयाँदिल – भारतले आज प्रक्षेपण गरेको ईओएस–०३ उपग्रह हावामा विस्फोट भएको छ।

भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) प्रक्षेपण गरेको ईओएस–०३ उपग्रहको इञ्जिनमा खराबी आएपछि  विस्फोट भएको हो । प्रक्षेपण गरेको उपग्रह असफल भएपछि इसरोले आफ्नो मिसन असफल भएको जानकारी दिएको छ। 

भारतले बिहीबार बिहान पौने ६ बजेतिर पृथ्वीमा निगरानी राख्न ईओएस–३ को प्रक्षेपण श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरेको थियो । उक्त उपग्रह पृथ्वीमा निगरानी राख्नका निम्ति बनाइएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १ : १४ बजे