दलित गाउँका पहिलो शिक्षक

विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आज दाबी पेस गर्दै

बुटवल ।  लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामापछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ ।

नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले आज दाबी पेस गर्ने भएका छन् ।

प्रदेश प्रमुख अमिक  शेरचनले मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि समय दिनुभएको छ ।

प्रदेश प्रमुख शेरचनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई बहुमत दाबी पेस गर्न आज अपराह्न ३ः०० बजेभित्र आह्वान  गर्नुभएको छ । 

विपक्षी गठबन्धनबीच मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने सहमति बनिसकेकाले आज कार्यालय खुले लगत्तै दाबी पेस गर्ने बताइएको छ । 

विपक्षी गठबन्धनले माओवादी (केन्द्र)को  संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई नयाँ मुख्यमन्त्रीको रूपमा अघि सारेको छ । काँग्रेस र माओवादीबिच आठ/आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । 

गठबन्धनका तर्फबाट ४१ जनाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी छ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ९ : १३ बजे