‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बुबा र काका पक्राउ

पर्वत । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कार गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । 

पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ । रासस

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ८ : ३५ बजे