साफ यू–१७ च्याम्पियनसिप आजदेखि

विश्वविद्यालयका २० वर्षभन्दा माथिका विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने

काठमाडौँ  । सरकारले विश्वविद्यालयका २० वर्ष भन्दामाथिका विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ बुधबार ट्विट गर्दै विश्वविद्यालयका २० भन्दा माथिका विद्यार्थीलाई परिचय पत्रका आधारमा खोप दिने निर्णय गरिएको जानकारी दिनुभयो । 

सोमबार पाँच विद्यार्थी सङ्गठनले मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै विश्वविद्यालयको परीक्षामा सहभागी विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गरेका थिए । 

मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीलाई खोप प्रदान गरिनेछ । 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ६ : ५५ बजे