‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अर्थमन्त्रीले सदनमा प्रस्तुत गरेको श्वेतपत्रमा गलत तथ्याङ्क

काठमाडौँ – राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले सरकारबाट सदनमा प्रस्तुत श्वेतपत्रमा पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक असरलाई आधार मानेर त्यसभन्दा अघि र पछिका वर्षको तुलना गरिनु उपयुक्त नभएको बताउनुभएको छ । 

 

अर्थमन्त्री जनार्दन शर्माले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको श्वेतपत्रमा गलत तथ्याङ्क राखिएको डा कँडेलको आरोप छ । सामान्य अवस्था र देशै ठप्प भएको असामान्य अवस्थासँग तुलना गरेर नयाँ सरकारले तथ्य बङ्ग्याएर यो श्वेतपत्र जारी गरेको उहाँले बताउनुभयो । सार्क राष्ट्र सबैको आर्थिक वृद्धिदर घटेको जनाउँदै उहाँले यो वर्ष पनि अपेक्षाअनुसार आर्थिक वृद्धि हुने सम्भावना नदेखिएको बताउनुभयो । 

रासस
 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : ३१ बजे