साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा लागू हुँदै

काठमाडौं । काठमाडौं उपत्यकालगायत लगायत मुलुकका विभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा लागू  भएको छ । आज विहान ६ बजेदेखि १५ दिनका लागि काठमाडौं उपत्यकामा निषेध  आदेश भएको छ। 

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ) ले उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाए पनि सरकारले त्यसलाई एक हप्ता थपेर १५ दिन निषेध आदेश जारी गरेको छ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा स्थगित हुनेछन्। सार्वजनिक र निजी यातायात बन्द हुनेछन्। अत्यन्त जरुरी नपरेसम्म बाहिर निस्कन नपाइने व्यवस्था गरिएको छ। तर एम्बुलेन्स, शव बाहन, प्रेसको गाडी चल्न पाउने भएका छन्। 

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन। 

सार्वजनिक एवम् निजी सवारी साधन वैशाख १६ गते बिहान ६ देखि २२ गते राति १२ बजेसम्म काठमाडौँ उपत्यकाभरमा रोक लगाइएको छ। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेशमा रोक लगाइएको छ। 
खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेकका अन्य व्यवसाय हाललाई बन्द गर्ने र किराना पसल र डिपार्टमेन्ट स्टोरलाई बिहान १० बजेसम्म र बेलुका ५ देखि ७  बजेसम्म व्यवस्था गरिएको छ। ती पसल सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपले पालना गराउनुपर्नेछ। 

नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिने, काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिको अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेशनमा बस्नुपर्नेछ। 

साथै विवाहमा सहभागी हुन ब्यानर र दुलाह(दुलही सहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था पनि गरिएको छ। निषेधाज्ञा लागू भए पनि आन्तरिक उडान नरोक्ने सरकारको निर्णय अनुरुप एयरलाइन्सले उडान नियमित सञ्चालन गर्नेछन् । यसबीचमा यात्रुको सङ्ख्या भने न्यून रहेको कम्पनीको भनाइ छ ।

हवाई कम्पनीले स्वास्थ्य प्रोटोकल पालना गरेर उडान नियमित गर्ने जनाएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।

अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान गर्दै आएकामा कोभिड महामारीकै बीच अहिले २० वायुसेवा प्रदायकले अन्तरराष्ट्रिय उडान गरिरहेका छन् । उपत्यका बाहेक ५ सय भन्दा बढी संक्रमित भएका अधिकांश जिल्लाले आजै देखि लागू हुने गरी निषेधाज्ञा लगाएका छन्। 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ६ : १८ बजे