दलित गाउँका पहिलो शिक्षक

संविधान संसोधन गरेर मलाइ बचाउनु पर्छ, त्यसको नेतृत्व काग्रेंसले गरोस् : विजयकुमार गच्छेदार 

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधानको प्रावधान प्रयोग गरेर आफुलाई फसाउन खोजेको भन्दै संविधान संसोधन आवश्यक रहेको बताउनुभएको छ । गच्छेदारले संविधानको त्यो त्रुटी सच्याउने कामको नेतृत्व कांग्रेस आफैँले गर्नुपर्ने बताउनुभएको हो ।  

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहास नै समाप्त पार्ने गरी ललितानिवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धानले आफूमाथि दुस्मनी साँध्ने काम गर्नु अन्ततः संविधानमै त्रुटि हुनु रहेको जिकिर गर्नुभयो  ।

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै नेता गच्छेदारले  आफूमाथि संविधानकै आडमा दुस्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश पोख्नुभयो । गच्छेदारले भन्नुभयो, ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपुर्जा बाँड्छ ?  मोहीको जग्गा छुट्याउने दायित्व मेरो थियो ? त्यो दायित्व भूमिसम्बन्धी मन्त्रालयको होइन ? तर, राज्यले मलाई तह लगाउने नाममा ललितानिवास जग्गा प्रकरणमा फसायो । मलाई थाहा पनि थिएन सो विषयमा । तर, मलाई तह लगाउने नाममा अख्तियार लगाइयो । मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो । यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटि सच्याउने काम नेपाली कांग्रेसले गर्नुपर्छ ।’ गच्छेदारले आदिवासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनु पर्ने बताउनुभयो ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ४ : ४९ बजे