दलित गाउँका पहिलो शिक्षक

एमसीसीबारे राष्ट्रिय सहमति भइदिए धेरै आनन्द आउने थियो : सभामुख सापकोटा

काठमाडौँ  । समामुख अग्निप्रसाद सापकोटाले अमेरिकासँगको एमसीसी सम्झौतामा राष्ट्रिय सहमति गरेर अघि बढ्दा ठिक हुने बताउनुभएको हो ।    

सभामुख सापकोटाले बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमसीसीबारे बोल्नुभएको हो ।

एमसीसी सम्झौताबारे मंगलबार प्रतिनिधिसभाको बैठकमा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको धारणा के हो भन्दै जवाफ माग्नुभएको थियो ।

सभामुख सापकोटाले एमसीसी किन प्रतिनिधिसभामा टेबुल नगरेको भन्ने पत्रकारहरूको पश्नको  जवाफ दिंदै के टेबुल गर्ने नगर्ने भन्ने सभामुखको निर्णय अन्तिम हुने बताउँदै राष्ट्रिय सहमति भइदिए धेरै आनन्द आउने बताए । राष्ट्रिय सहमति भएन भने पनि प्रतिनिधित्व गर्ने दलहरूबीचमा सहमती होस्, होइन भने गठबन्धनमा होस् सभामुखको भनाई थियो । 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ४ : २० बजे