दलित गाउँका पहिलो शिक्षक

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनअघि नै उहाँले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामापत्र बुझाउनुभएको हो ।

लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीका अनुसार पोखरेलले आज दिउँसो प्रदेश प्रमुखलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको  जानकारी दिनुभएको छ ।

सरकार अल्मतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १९ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि आज प्रदेशसभाको विशेष अधिवेशन बाेलाइएकाे थियो । मुख्यमन्त्री पोखरेल विरूद्ध दर्ता भएको अविश्वास प्रस्तावमा  नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १  प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए ।   

लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् जसमध्ये सभामुखसहित विपक्षी गठबन्धनका ४२ जना सांसदहरु छन् भने एमालेका ३८ जना सांसदहरु छन् । 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १ : ३३ बजे