‘एउटै नाउरको सिकार गर्न २३ लाख’

जेसीबीमा आगजनी गरी फरार

धनुषा – बिदेह नगरपालिका-३ कर्महिस्थित भगवतीफिक्स इँट्टा उद्योगमा पार्किङ गरी राखेको ना.१ क ४७५७ नम्बरको जेसीबीमा मंगलबार बिहान आगजनी हुँदा जेसीबी पूर्णरुपमा जलेर करिब ३९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

इँट्टा उद्योगका साहु सोही नगरपालिका-७ घर भएका महोमद हनिफ मनसुरी र इँट्टा बनाउने ठेकेदार ३८ वर्षीय अकिल हुसेनबिच विवाद हुँदा हुसेनले उक्त जेसीबीमा आगजनी गरी फरार भएको बताइएको छ ।

आगजनीमा संलग्न हाल फरार हुसेनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १ : १६ बजे