दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लुम्बिनी प्रदेशको विशेष अधिवेशन विरुद्धको रिट भट्टराईको इजलासमा

काठमाडौँ । लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा हुने भएको छ ।

सर्वोच्च अदालतमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव र त्यसमाथि छलफल गर्न प्रदेश प्रमुखले बोलाएको प्रदेशसभा अधिवेशन असंवैधानिक रहेको भन्दै परेको रिटमाथिको सुनुवाइ आज हुँदै छ ।

यसअघि मङ्गलवार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको थियो ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न आज दिउँसो १ः०० बजे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक बस्दै छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ११ : २० बजे