काठमाडौँ । लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरूद्धको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न आज दिउँसो एक बजे विशेष अधिवेशनको बैठक बस्नै लाग्दा अदालतमा समेत सुनुवाइ हुन लागेको हो । मंगलबार ‘हेर्न नभ्याइने’ मा राखिएको रिट आज भट्टराईको इजलासमा परेको हो ।
प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार ११ : १९ बजे
प्रतिक्रिया