काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले डाँक्नुभएको मन्त्रिपरिषद बैठक सकिएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकमा भएका छलफलका निर्णयहरु आउन भने बाँकी छन् । मन्त्रीपरिषदको बैठक सकिए लगत्तै पार्टी संसदीय दलको बैठक जारी छ । आफूविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सामाना गर्ने कि राजीनामा दिने भन्नेबारे निर्णय लिन मुख्यमन्त्री पोखरेलले बैठक डाक्नुभएको बुझिएको छ ।
आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दैछ। यो बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावमाथि छलफल हुनेछ।
प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १० : ०२ बजे
प्रतिक्रिया